नेपाल–भारत सीमानाका जौबारीमा सशस्त्रको बिओपी स्थापना


इलाम – सरकारले नेपाल भारत सीमा नाका जौबारीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ ।

इलामको सन्दकपुर गाउँपालिका–५ स्थित जौबारीमा स्थापित बिओपी प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की र प्रदेशका कृषिराज्यमन्त्री राम रानाले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १ गण इलामअन्तर्गत स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रणगायतका विविध कामकारवाहीमा परिचालित हुने सशस्त्र प्रहरी बल इलामले जनाएको छ ।

इलाम सदरमुकामदेखि करिब ३९ किलोमिटरको दूरीमा नेपाल–भारत सीमा नाकाभन्दा करिब एक किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले सोमबारदेखि नै दैनिककार्य सञ्चालन गरेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले जानकारी दिए ।

नेपाल सरकारको नीतिअनुरूप सिमानालाई अझ मजबुद बनाउन तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट थप गर्दै लगिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement