नेपाल-भारत सीमा सुरक्षा बैठक सकियो, कालापानीले प्रवेश पाएन


काठमाडौं – बुधबारबाट पोखरामा सुरु भएको नेपाल भारत सीमा सुरक्षा बैठक सकिएको छ ।

नेपाल–भारत सीमा विवाद सार्वजनिक भएको वेला नेपालकातर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच बैठक सम्पन्न भएको हो ।

छलफल सीमा अपराध, दशगजामा संयुक्त गस्ती र सूचना आदान प्रदानको विषयमा मात्रै केन्द्रित भएको सशस्त्र प्रहरीका एक उच्च अधिकृतले जानकारी दिए । भारतले नेपाली भूमी अतिक्रमण गरि आफ्नो नक्सामा जारी गरेलगत्तै विवादित बनेको कालापानी, लिपुलेकको भने छलफलमा प्रवेश पाएन ।

दुई देशका सुरक्षा अधिकृतबीच संयुक्त अभ्यास गर्ने सहमति भएको छ । यद्यपि, तालिमको मिति तय नभएको ती अधिकृतले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement