काठमाडौं– भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले दुबै देशबीचको सम्बन्ध थप सकारात्मक दिशामा गएको बताएको छ।
स्वराज भारत फर्किएकै दिन शुक्रबार राति भारतीय विदेशमन्त्रालयले वक्तव्य जारी गरी नेपाल भ्रमणको क्रममा सबै पक्षसँग खुला, स्पष्ट र हार्दिक कुराकानी भएको जनाएको हो।
नेपाल भ्रमण ‘सफल’ र ‘सम्बन्धलाई पारस्परिक हितको उचाइ’मा पुर्याउन सहयोगी बनेको बताउँदै वक्तव्यमा भनिएको छ– नयाँ बन्ने निर्वाचित लोकतान्त्रिक सरकारसँग दुई पक्षीय सम्बन्ध नयाँ उचाईमा लैजान आपसी हितको आधारमा सहकार्य गर्नेछौं । प्राथमिकताको आधारमा नै सरकारलाई हामी सहयोग गर्छौं।’
भारतले तीनै तहको निर्वाचनको सफलता नेपालको स्थायित्व एवं लोकतान्त्रिक विकासमा कोसेढुंगा हुने विश्वास समेत व्यक्त गरेको छ।
भारतले वक्तव्यमार्फत संविधानको स्वागत समेत गरेको छ।
प्रतिक्रिया