लगानी सम्मेलनः यी १५ परियोजनाको एमओयू, चाैधरी ग्रुपले मात्र गर्‍याे चारवटा एमओयू


काठमाडौं– वैदेशिक एवं निजी लगानी भित्र्याउन आयोजना गरिएको लगानी सम्मेलनमा विभिन्न १५ वटा परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ।

शुक्रबार र शनिबार काठमाडौंमा आयोजित सम्मेलनमा १७ वटा परियोजनामा लगानीको प्रस्ताव आएकोमा १५ वटा परियोजनाका लागि र एमओयू भएको हो। तीमध्ये पूर्वाधार तथा यातायात क्षेत्रमा ७ वटा, ऊर्जामा ४ वटा, कृषिमा ३ वटा, शिक्षा र स्वास्थ्यमा २ र लजिस्टिकमा एक कम्पनी आउने भएका छन् ।

सरकारले सम्मेलनका लागि ७७ वटा परियोजना ‘सो–केस’मा राखेको थियो ।

चौधरी ग्रुपले सोलार प्लान स्थापना, फाइभी विस्तार र जलविद्युत आयोजनाको लागि फरक फरक निकायसँग चार वटा सम्झौता गरेको छ, भने माथिल्लो त्रिशूली आयोजनामा कोरियाली कम्पनीले ६५० मिलियन डलर लगानी गर्ने समझदारी गरेको छ।

अरुण तेस्रो निर्माण गरिरहेको कम्पनीलाई एसबीआई बैंक, नबिल बैंक र एभरेस्ट बैंकले ऋण लगानी समझदारी गरेका छन्।

हाइड्रो सोलुसनले चिनियाँ कम्पनीसँस १६४ मेगावाटको काली गण्डकी गर्ज निर्माण गर्न समझदारी गरेको छ। सीमरामा विशेष आर्थिक क्षेत्र सेज विकासको लागि लगानी बोर्ड, आइएफसी र सेज प्राधिकरणबीच समझदारी भएको छ।

यी हुन् समझदारी

–चौधरी ग्रुप र सर्राफ ग्रुपबीच समझदारी

–६ सय मेगावाट सोलार प्लान्टका लागि चौधरी ग्रुप र स्काई पावरबीच समझदारी
–५ जी नेटवर्क विस्तारको लागि सिजी र टेलिसेलबीच समझदारी

–सोलार पोर्टेबल टाइप इनर्जीका लागि सीजी पूर्वाधार प्रालि र प्रदेश २ बीच पनि

–२६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाका लागि कोरियाली कम्पनीद्वारा ६५० मिलियन डलर लगानीको घेाषणा
– ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रतिबद्धता पत्रमा हस्ताक्षर, भारतीय केन्द्रीय बैंकबाट १२ हजार करोड बढी रुपैयाँ लगानी
–१६४ कालीगण्डकी गर्ज विद्युत् आयोजनाका लागि सिन्ह्वा हाइड्रो सोलुसन र सांघाईबीच समझदारी

– सिमरा सेज पीपीपीमा बनाउन लगानी बोर्ड, आईएफसी र सेज प्राधिकरणबीच समझदारी

– सिन्सीयर कन्सल्टेन्ट, हिमालयन बुटिक रिसोर्ट, हर्बल डिडक्सिकेसनबीच समझदारी

– एनआरएनएद्वारा पूर्वाधार विकासमा १० अर्ब लगानीको प्रतिबद्धता

– नेसनल कोल्याटरल म्यानेजमेन्ट सर्भिसेस इन्डिया र नेशनल वेयर हाउस कम्पनी हाउसिङ लिमिटेड समझदारी

– पूर्वाधार विकास कर्पोरेसन

– मुतुथ फाइनान्स भारतद्वारा ३९.९० करोड घोषणाा

– दक्षिण अफ्रिका र दक्षिण अफ्रिका लगानी बोर्ड र इन्भेष्ट साउद अफ्रिकाको लगानी समझदारी

–गुरुप्रसाद न्यौपाने, राजन खरेल, खरेल ग्रुप अफ क्यापिटलिस्ट

प्रतिक्रिया दिनुहोस
Advertisement