नेपाललाई पहिलो सफलता: करणले लिए सिंगापुरका क्याप्टेनको विकेट


काठमाण्डु – आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत जारी खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ। नेपालका बलर करण केसीले सिंगापुरका क्याप्टेन अरित्र दत्तलाई आउट गरेका छन्।

नेपाल र सिंगापुरको खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि सुरु भएको छ। सिंगापुरले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।

सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि एसियाली क्षेत्रका ८ राष्ट्रबीचको खेल सोमबारदेखि नेपालमा हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement