नेपालले दियो यूएईलाई २ सय ४८ रनको लक्ष्य


काठमाडौँ – आइसीसी यू-१९ वर्ष मुनीको विश्वकप छनोट खेलमा नेपालले युएईलाई जितका लागि २४८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्ता पाएको नेपालका लागि हरिबहादुर चौहानले डेब्यू खेलमा नै अर्धशतक (६७ रन) बनाएका छन् ।

त्यस्तै भीम सार्कीले ५३, रित गौतमले ४४ रन र आशिफ शेखले २७ रनको योगदान दिए । मलेसियाको क्वालालम्पुरमा शनिवार जारी खेलमा नेपालले ५० ओभरमा जम्मै विकेट गुमाएर २४७ रन बनाएको हो।

नेपालका लागि हरि चौहानले नटआउट ६७ र भीम शार्कीले ५३ रन प्रहार गरेका थिए। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि रित गौतमले ४४ र आरिफ शेखले २७ रन बनाएका थिए।

युएईका लागि रिषभ मुखर्जीले ४ र महम्मद फजरुद्दिनले ३ विकेट लिएका थिए। नेपालले प्रतियोगिताको पहिलो खेल सिंगापुरविरुद्ध खेलेको थियो। उक्त खेल नेपालले २१७ रनले जितेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement