नेपाल डिभिजन २ को फाइनलमा युएईसँग पराजित


काठमाडौं–आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को फाइनलमा नेपाल नामिबियासँग पराजित भएको छ।

यूएईसँग ७ रन पराजित भएसँगै नेपाल उपविजेतामै सीमित बनेको छ।  २ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ७७ रनमै समेटियो।

कप्तान पारस खड्काको शतकले पनि नेपाललाई हारबाट टार्न सकेन। पारसले नटआउट १ सय १२ रन जोडे। उनले १ सय ३ बलमा ८ छक्का र ३ चौका प्रहार गरे।

बलिङतर्फ यूएईका अमिर हायतले ४ विकेट लिन सफल भए।

नेपालका ओपनरद्वय ज्ञानेन्द्र मल्ल २४ तथा दिलीप नाथ १३ रन बनाएका थिए। दीपेन्द्रसिंह ऐरी र शरद भेषावकरले ३५–३५ रनको योगदान दिँदा आरिफ शेख ७ रनमा आउट भए। रोहितकुमार पौडेलले २३ जोडेका थिए।

बुधबार अविश्वसनिय जित दिलाएका करन केसी बिहीबार क्रिजमा टिक्न सकेनन्।  नेपालले सातौँ विकेटका रुपमा आएका केसी व्यक्तिगत २ रनमै समेटिए। सोमपाल कामी ६ रनमा आउट भए।

त्यसअघि नामिबियाको वन्डरर्स मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रन जोडेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement