नेपाल ल्युब आयलले १० प्रतिशत नगद लाभांश बाँड्ने


काठमाण्डु – नेपाल ल्युब आयल मिटेडको २९औं वार्षिक साधारणसभाले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । अध्यक्ष अरुणकुमार चौधरी तथा बोर्ड अफ डाइरेक्टर, कम्पनी सचिव र अन्य सेयर होल्डरहरुको उपस्थितिबाट ५३.१४ प्रतिशत र भर्चुअल माध्यममार्फत १५.०१ प्रतिशत उपस्थिति गरी ६८.१५ प्रतिशत सहभागीसहित साधारणसभा गरिएको थियो ।

कम्पनीका अध्यक्ष चौधरीले हालको अवस्थामा उद्योगलाई नियमित राख्नु एकमात्र चुनौती रहेको बताए । उनले यस विषम् परिस्थितिमा कामदार, कमर्चारी एवं कम्पनीसँग आबद्ध सबैको स्वास्थ्यको ख्याल राखिरहेको अवस्थामा सेयरहोल्डरको समेत कोभिड बिमा गर्ने घोषणा गरे ।

त्यस्तै प्रस्तावित पुँजी वृद्धि कुन माध्यमबाट गर्दा कम्पनीका लागि उपयुक्त हुनेछ भन्ने अध्ययन गरेरपछि निर्णय गर्ने र सेयरधनीहरुले उठाएका मागबमोजिम एउटा कोष गठन गरी यही कोषबाट कम्पनीका कामदार, कर्मचारी, डिलर, रिटेलर, मेकानिक्स र उपभोक्तालाई वार्षिक रुपमा पुरस्कृत गर्न तयार रहेको बताए ।

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री गर्छ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट्स ब्रान्ड हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement