३० ओभरको खेलमा नेपालको उत्कृष्ट प्रर्दशन, शेख र ऐरीले बनाए अर्धशतक


काठमाडौं – लगातार दुई खेलमा हार ब्यहोरेको नेपालले एसिया कप छनोट अन्तर्गत तेस्रो खेलमा मलेसियालाई १ सय ८९ रनको लक्ष्य दिएको छ । आरिफ शेख र दिपेन्द्र सिं ऐरीको उत्कृष्ट प्रदर्शनमा नेपालले १ सय ८८ रन बनाएको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले निर्धारित ३० ओभरका ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

वर्षाका कारण ढिला गरी शुरु शनिबारको खेल ३० ओभरमा छोट्याइएको थियो । शुरुमा खराब लयमा रहेको नेपाल पछि सम्हालिएको हो । नेपालका लागि आरिफ शेख र दिपेन्द्र ऐरीले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । उनिहरु दुवै जनाले अर्धशतक बनाउन सफल भए । खेलमा शेखले ४८ बलमा ६४ रनको उत्कृष्ट पारी खेले भने ऐरीले ५१ बलमा ५४ रन बनाए ।

यसअघि पहिलो विकेटका रुपमा सुवास खकुरेलललाई गुमाएको नेपालले दोस्रो विकेटको रुपमा कप्तान पारस खड्का, तेस्रो विकेटका रुपमा अनिल कुमार साह, चौथो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल तथा पाँचौँ विकेटको रुपमा सागर पुनलाई गुमाएको हो ।

खकुरेल ८ बलमा ९ रन, कप्तान पारस १३ रन, साह १६ रनमा र मल्लले ११ रनमा आउट भए । सागर पुनले भने खाता नै खोल्न सकेनन् । यसअघिका दुवै खेल हारेको नेपाल शनिबारको खेल जित्नै पर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement