कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गर्ने सरकारको घोषणा


काठमाडौं – सरकारले लिम्पियाधुरासहितको नक्सा जारी गर्ने घोषणा गरेको छ ।

शुक्रबार राष्ट्रपति विद्या भण्डारीले संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने बताएकी हुन् ।

‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘छुटेको भूमि समेत समावेश गरी नेपालको नक्सा जारी गरिने छ । ’

त्यस्तै सरकारले सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement