त्रिदेशीय टी–२० क्रिकेट : नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

त्रिदेशीय टी–२० क्रिकेट : नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य


काठमाण्डु- काठमाडौंमा जारी त्रिदेशीय महिला टी–२० क्रिकेट शृंखलाको चौथो खेलमा नेदरल्यान्ड्सले नेपालसामु १४१ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको डच टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर रनको योगफल तयार पारेको हो ।

नेपालका लागि सिता राना मगरले ५ विकेट लिइन् ।

नेपालले शृंखलाको सुरुवाती दुवै खेल गुमाएको छ । आइतबारको खेलमा समेत पराजित भए नेपालको उपाधि यात्रा कठिन बन्नेछ । बिहीबार नेदल्र्यान्ड्ससँगको पहिलो खेल गुमाएको नेपाल शनिबार थाइल्यान्डसँग पराजित भएको थियो ।

थाइल्यान्डले दुई र नेदरल्यान्ड्सले एक खेल जितेका छन् । हरेकले एकआपसविरुद्ध तीन खेल खेल्नेछन् । तीन देश सहभागी शृंखलाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।