विश्वकप लिग-२ नेपाल र नेदरल्यान्ड्स खेल्दै

विश्वकप लिग-२ नेपाल र नेदरल्यान्ड्स खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले बुधबार घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दैछ ।

लगातार तीन खेलमा पराजित नेपालले बुधबार अन्तिम खेल खेल्न लागेको हो । शृङ्खलाको अन्तिम खेलमा बुधबार दिउँसो २ः४५ बजे नेपालले नेदरल्यान्ड्सको सामना गर्न लागेको हो ।

सबैभन्दा खराब लयमा रहेको नेपालमाथि खेल जित्नैपर्ने दबाब छ । दुई खेलमा नेरदल्यान्ड्स र नामिबियाविरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोर प्रदर्शन गर्दै पराजयको सामना गरेको नेपालले तेस्रो खेलमा नामिबियासँग रोमाञ्चक प्रतिस्पर्धा गरे पनि तीन रनले पराजित भएको थियो ।

यो शृङ्खलामा अपेक्षित प्रदर्शन गर्न नसक्दा शीर्ष चारमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको सम्भावना सकिएको छ ।

लगातार हारसँगै तालिकाको पाँचौ स्थानमा रहेको नेपाल छैटौं स्थानमा पुगेको छ भने नामिबिया पाँचौ स्थानमा उक्लिएको छ । अंक तालिका अनुसार नेदरल्यान्ड भने तेस्रो स्थानमा बलियो बनेको छ ।

नेदरल्यान्ड्सले ३० खेल खेल्दा ३६ अंक जोडेको छ । समान खेल खेलेको नेपालको २४ अंक छ भने नामिबियाले २६ अंक बनाएको छ।

४३ अंकसहित अमेरिका शीर्ष स्थानमा छ भने ३८ अंकसहित स्कटल्यान्ड दोस्रो स्थानमा छ । ३१ अंक जोडेको ओमान चौथो स्थानमा छ भने २४ अंकसहित क्यानडा सातौ र यूएई १४ अंकसहित पुछारमा छ ।