अब शान्ति मिसनमा नेपालबाट २० प्रतिशत महिला प्रहरी


काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा संयुक्त राष्ट्रसंघीय उच्च पदस्थ पदाधिकारीहरूसँग शिष्टाचार भेट गरेका छन्।

संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको द्वितीय सम्मेलन २०१८मा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुुगेका उनीहरुले भेटवार्ता गरेका हुन्।

उनीहरुले संयुक्त राष्ट्रसंघ शान्ति मिसन हेर्ने उपमहासचिव जिन पेरे लाक्रोइस, कानुनी शासन हेर्ने उपमहासचिव अजेक्जेन्डर जोयुभ, प्रहरी विभाग प्रमुख सल्लाहकार लुइस हारिहो, प्रहरी उपप्रमुख साओवेन याङ, छनोट महाशाखाका प्रमुख यता यनीगुन लगायतका अधिकारीहरुसँग भेट गरे।

भेटमा आइजीपीद्वय खनाललृ राष्ट्रसंघमा प्रहरी संख्या बढाएर २० प्रतिशत पुर्याउन पहल थालिएको जानकारी दिए। भेटमा राष्ट्रसंघका महासचिवले सन् २०२० सम्म शान्ति मिसनमा २० प्रतिशत महिला प्रहरी पुर्‍याउने योजना रहेको र त्यसलाई सहयोग गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement