काठमाण्डु – यातायात व्यवसायीहरूले सवारी साधन ठप्प गरी आन्दोलनमा उत्रिएपछि सर्वसाधारणलाई परेको समस्यालाई दृष्टिगत गरी नेपाल प्रहरीले उपत्यकामा निःशुल्क बस सेवा सुरु गरेको छ।
यातायात व्यवसायीहरूले सोमबार गरेको बन्दको घोषणापछि यातायातका साधनहरू ठप्प छन्। यातायात ठप्प भएपछि सर्वसाधारण यात्रु अलपत्र परेपछि नेपाल प्रहरीले निःशुल्क बस सेवा सुरु गरेको हो।
यसअघि बन्दको फाइदा उठाउँदै राइड सेयरिङ कम्पनीले यात्रुसँग मनपरी भाडा असुल्न थालेको गुनासो आएपछि नेपाल प्रहरीले कारबाही गर्ने चेतावनी समेत दिएको छ। उसले बढी भाडा लिएमा यात्रुहरूलाई नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन आग्रह गरेको छ।
अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्याउन दुई वटा बस सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए ।
प्रहरीले उपत्यकामा दुईवटा रुटमा निःशुल्क बस चलाउँदैछ ।

प्रतिक्रिया