७९ डिएसपीको सरुवा, को कहाँ ?


काठमाडौं-प्रहरी प्रधान कार्यालयले एकैपटक ७९ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ।

महानगरीय प्रहरी वृत्त कालीमाटीमा डिएसपी रुगम कुवँर आएका छन्, भने इलाका प्रहरी कार्यालय इटहरीको इन्चार्जमा डिएसपी धर्मराज भण्डारी गएका छन्।

महानगरीय प्रहरी वृत्त महाराजगन्जमा उमेश लम्साल, कमलपोखरीमा भरतबहादुर विक, इलाका प्रहरी कार्यालय टाँडी चितवनमा भावेश रिमाल, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा नारायणप्रसाद चिमरिया, बझाङमा गणेश बम, रोल्पामा चित्रबहादुर गुरुङको सरुवा भएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement