कालिमाटीका २३१ जना प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ, ड्युटीमा फर्किए


काठमाडौं – महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

महिला सेल तथा ट्राफिक प्रहरी कार्यालयसहित २३१ जनाको कोरोना जाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

संक्रमित प्रहरीहरू पनि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । संक्रमितको सम्पर्कमा आएका सबै जनालाई प्रहरी कार्यालयमा क्वारेन्टाइनमा राखिएको थियो ।

नेगेटिभ रिपोर्ट आएका सबै जना ड्युटीमा फर्किएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement