नेपाल प्रहरीका ९ जना एसएसपी डीआईजी बढुवाका लागि सिफारिस (नामसहित)


काठमाण्डु – नेपाल प्रहरीका ९ जना एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएका छन् ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले एसएसपीहरु गणेशबहादुर ऐर,राजेशकुमार लाल कर्ण, पुरुषोत्तम कँडेल,दिवेश लोहनी, देवबहादुर बोहोरा,रामकृपाल साह,उमेश रञ्जितकार,मुकुन्दराज आचार्य र प्रकाश अधिकारीलाई डीआईजीमा सिफारिस गरेको हो ।

कात्तिक अन्तिम साताको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा ५ जना डीआईजीको दरबन्दी थपेको थियो । त्यसबाहेक ४ जना डीआईजीको पद रिक्त थियो ।

समितिको बैठकले २०४९ वैशाख र चैतमा सेवा सुरु गरेका एसएसपीलाई बढुवाका लागि सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement