नेपाल प्रहरीका १८ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)


काठमाण्डु – नेपाल प्रहरीका १८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले शुक्रबार १८ जना डीएसपीहरुको सरुवा गरेका हुन् ।

मकवानपुरमा कार्यरत डीएसपी इन्द्रबहादुर रानाको चितवन, कुमार विक्रम थापा काभ्रेबाट अपराध अनुसन्धान शाखा हेटौँडा, जयश्वर रिमाल हेटौँडाबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर, दान बहादुर थापा सुर्खेतबाट धादिङ, प्रल्हाद कार्की बौद्धबाट पर्सा सरुवा भएका छन् ।

त्यस्तै लोकदर्शन थापाको बागमती प्रदेश प्रहरी कार्यालय, प्रहरी नायब महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ । उनी मोरङमा कार्यरत थिए ।

यस्तो छ सरुवा भएका डीएसपीको सूची

प्रतिक्रिया दिनुहोस
Advertisement