नेपाल प्रहरीको एआईजीमा शाही र कार्कीलाई बढुवा गर्ने तयारी


काठमाण्डू – नेपाल प्रहरीको एआईजी बढुवाको लागी वढुवा समितिको वैठक गृहमन्त्रालयमा वसिरहेको छ । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा वसेको बढुवा समितिको वैठकले रिक्त दुई एआईजी पदमा नाम सिफारीस गर्ने तयारी छ ।

बढुवाका लागी डिआजीहरू प्रधुम्न कार्की,निरज शाही र विश्व पोखरेल प्रतिस्पर्धामा छन् । स्रोतकाअनुसार डिआईजी शाही र कार्कीको नाम एआईजीमा बढुवाको लागी सिफारीस हुने सम्भावना छ । कार्की र शाहीभन्दा एक वर्षपछि डिआईजीमा वढुवा भएका पोखरेल बढुवाको लागी लविंगमा लागेपनि उनको बढुवा हुने सम्भावना भने कम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement