नेपाल प्रहरीमा नयां नेतृत्वका लागि लविङ सुरु : ज्ञवाली,कुवर र बज्राचार्यबीच मुख्य प्रतिस्पर्धा


काठमाण्डु– नेपाल प्रहरीमा नयां नेतृत्वको लागि लविङ सुरु भएको छ । नेपाल प्रहरीका हालका आईजीपी धीरजप्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण आगामी चैत ११ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् । तर, सिंह आफ्नो पदावधि थपका लागि भने दौडधुपमा लागेको स्रोत बताउंछ ।

उनको पदावधि थपको लागि सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मुख्यसचिव शंकरदास वैरागीसहित छलफल भने भइसकेको छ । तर, ३० वर्षे सेवाअवघि तत्काल हटाउंदा विवाद हुनसक्ने भन्दै अहिलेसम्म त्यसमा सहमति भने बनिसकेको छैन् ।

सरकारले उनको पदावधि थप नगरे उनीसँगै उनका ब्याची एआईजी र डीआईजीले पनि दुई सातापछि अनिवार्य अवकास पाउनेछन् । सिंहले अवकास पाउने दिन नजिकिंदै गर्दा नेपाल प्रहरीमा नयां नेतृत्वको दौड भने सुरु भएको छ । सिंहकै सल्लाहअनुसार सरकारले यसअघि डिआईजीबाट एआइजी बढुवा अघि बढाइसकेको छ ।

सरकारले गत शुक्रबार डिआईजीहरु वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको एआईजीमा बढुवा गर्ने निर्णय गरिसकेको छ । अव उनिहरुमध्येबाटै आईजीपी बनाउने तयारी छ । नेपाल प्रहरीमा हालका आईजीपी सिंहको नजिरबाट पनि यसपटक वरियताले भने खासै अर्थ राख्ने छैन् ।

अहिले बढुवा भएका पांचै जना एकै दिन बढुवा भएका अधिकारीहरु हुन् । यसअघि डेढ वर्षअघि एआईजीमा बढुवा भएका विश्वराज पोखरेललाई छोडेर सरकारले सिंहलाई आईजीपी बढुवा गरेको थियो । त्यही नजिरअनुसार यसपटक सरकारले चाहेको खण्डमा पांच जनामध्ये जो कोहीलाई पनि आईजीपी नियुक्त गर्नसक्ने अवस्था छ ।

हालका आईजीपी सिंहले वरियतामा एक नम्बरमा रहेका कुंवरलाई अघि बढाउन खोजेका छन् । त्यसका लागि उनले लविङ समेत सुरु गरिसकेका छन् । अर्का डिआईजी थापा सके आफु बन्ने नभए कुंवरलाई नै बनाउने पक्षमा देखिएका छन् । त्यसमा आईजीपी सिंहको समेत साथ छ ।

कुंवर कांग्रेस निकट भनेर चिनिएका प्रहरी अधिकारी हुन् । थापाको सबै दलसंग निकट सम्बन्ध छ । दोस्रो नम्बरमा रहेका राई समेत प्रहरी महानिरीक्षकको दौडमा छन् । उनलाई अख्तियार प्रमुख प्रेम राईलगायतको साथ छ ।

आईजीपी आफु अनुकुल बनाउनको लागि अहिल प्रभावशाली नेता र व्यापारी समेत सक्रिय छन् । आईजीपीको लागि एक मात्र महिला भएकाले किरण वर्जचार्यको समेत सम्भावना छ । उनलाई बनाउंदा नेपाल प्रहरीमा पहिलो महिला आईजीपी बन्ने सम्भावना भएकाले बनाउन उच्च राजनीतिक नेतृत्वलाई दबाव छ ।

नयाँ आईजीपीका लागि कुँवरसंगै ज्ञवालीको सम्भावना सबैभन्दा बलियो छ । उनि नेपाल प्रहरीमा उच्च व्यवसायिक अधिकृतका रुपमा चिनिन्छन् । ज्ञवालीलाई माओवादी केन्द्रका अधिकांश नेताहरुको साथ छ । पछिल्लो समय ज्ञवाली, कुवंर र बज्रचार्यको बढी सम्भावना भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement