नेपाल प्रहरीको प्रवक्तामा डिआईजी विश्वराज पोखरेल


काठमाडौं – नेपाल प्रहरीको प्रवक्तामा डिआईजी विश्वराज पोखरेल नियुक्त भएका छन् । डिआईजीमा पदोन्नति भएसँगै पोखरेललाई प्रहरी प्रवक्तामा नियुक्त गरिएको हो ।

यसअघि नेपाल प्रहरीको प्रवक्तामा एसएसपी उत्तमराज सुवेदी थिए । यसअघि ६ महिनादेखि रिक्त रहेको नेपाल प्रहरीको डिआईजी पदमा पोखरेलको एकल सिफारिस भएको थियो । डिआईजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गएपछि प्रहरीमा डिआईजीको एक पद रिक्त थियो । पोखरेल आफ्नो व्याचबाट डिआईजी हुने एकल व्यक्ति हुन् ।

गत साता बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ उप–नियम (४) को प्रावधान अनुसार एसएसपीबाट डिआईजीमा बढुवाको सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement