प्रहरीमा एसएसपीको सरुवा: काठमाण्डुमा सिंह र ललितपुरमा बज्रचार्यलाई जिम्मेवारी


काठमाण्डु – नेपाल प्रहरीतर्फका दुई जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले काठमाण्डु काठमाण्डु प्रहरी परिसर प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुर प्रहरी प्रमुखमा एसएसपी किरण बज्रचार्यलाई सरुवा गरेको हो ।

हाल काठमाण्डु प्रहरी परिसर प्रमुखमा एसएसपी श्याम ज्ञवाली छन् । उनको ठाउँमा एसएसपी सिंहलाई पठाइएको हो ।

एसएसपी ज्ञवालीले गत फागुनमा काठमाण्डु प्रहरी परिसर प्रमुखको जिम्मेवारी पाएका थिए ।

आईजीपी शैलेश थापा क्षेत्रीले कुनै पनि अधिकृतको सरुवा एक वर्ष नपुगी नगर्ने सार्वजनिक अभिव्यक्ति दिइरहँदा काठमाण्डु प्रहरी परिसर प्रमुखको वर्षदिन नपुग्दै सरुवा भएको हो ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईको एक वर्षे अवधि पूरा भइसकेको छ ।

यी हुन सरुवा भएका ३३ जना एसएसपी

प्रतिक्रिया दिनुहोस
Advertisement