नेपाल प्रहरीको साउथ सुडान मिसन स्थगित


काठमाडौं – नेपाल प्रहरीको साउथ सुडान मिसन स्थगित भएको छ । कोरोना भाइसरका कारण नेपाली सेनासहित नेपाल प्रहरीको पनि यूएन शान्ति मिसन स्थगित भएको हो ।

कोरोनाका कारण मिसनमा जाने टोलीलाई यूएनले नपठाउन आग्रह गरेपछि अन्तिम समयमा दक्षिण सुडान जाने पालोमा रहेका १८ जना प्रहरी अधिकृत रोकिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए ।

प्रवक्ता क्षेत्रीका अनुसार उड्ने तयारी भइरहेकै बेला संयुक्त राष्ट्र संघबाट कोरोनाका कारण देखाउँदै रोकिएको जानकारी आएको छ । यसअघि मिसनमा रहेर फर्किने तयारीमा रहेका अधिकृत पनि उतै अड्किएका छन् ।

नेपाल प्रहरी सयुक्त राष्ट्र संघको मिसनमा सुडान, कंगो, डार्भरलगायतका मुलुकमा जाँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement