नेपाल–रुवाण्डा सम्बन्ध स्थापना


काठमाडौं–नेपाल र अफ्रिकी मुलुक रुवाण्डाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको बाह्य सम्बन्ध १६१ देशमा विस्तार भएको छ ।

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्ताबेजमा शुक्रबार न्यूयोर्कमा आयोजित एक कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपाल र रुवाण्डाका स्थायी प्रतिनिधि क्रमशः दुर्गाप्रसाद भट्टराई र भ्यालेन्टाइन रुगाबिजाले हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै देशका राजदूतले नेपाल र रुवाण्डाबीच औपचारिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई दिएका  थिए। नेपाल र रुवाण्डाले राष्ट्रसंघलगायत अन्य मञ्चहरुमा साझेदारी एवं सहकार्य गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement