भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा


काठमाण्डु – भारतलाई पराजित गर्दै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

नेपालले खेलमा १-० गोलले पछि परेको अवस्था उल्टाउँदै पुनरागमन जित निकाल्यो। भारतले पहिलो हाफमा २१ औं मिनेटमा गोल गर्दै अग्रता लियो। भारतका लागि अपूर्णाले गोल गरेकी थिइन्।

जितसँगै नेपालले लिग चरणमा ६ अंक जोडेको छ। अब नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। आजै बंगलादेश र भुटानको खेलपछि फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement