निलम्बनपछि रणनीति बनाउन छलफलमा नेपाल समूह

निलम्बनपछि रणनीति बनाउन छलफलमा नेपाल समूह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालभित्रको विवाद उत्कर्षमा पुगेपछि माधव कुमार नेपाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ ।

पार्टीविरोधी गतिविधि गरेको आरोपमा पार्टी अध्यक्ष ओलीले सोमबार नेताद्वय नेपाल र भीम रावललाई ६ महिनाका लागि भन्दै पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरेका थिए ।

त्यसलगत्तै नेपाल समूहले भावी रणनीति बनाउन आन्तरिक छलफललाई तीव्र बनाएको हो । नेपाल समूहका एक नेताका अनुसार आज बैठक बस्ने भनिएपनि समय र स्थान टुंगिन भने बाँकी छ ।

आफ्ना नेताहरुलाई कारबाही गर्न थालेपछि ओलीको उक्त कदमको विरोध गर्दै नेपाल समूहले तल्लो तहसम्मै पार्टीका समानान्तर कमिटी बनाउने घोषणा गरिसकेको छ ।