नेपाल संगीत उद्योग संघको कार्यालयमा मानव बेचबिखन ब्यूरोकाे छापा

नेपाल संगीत उद्योग संघको कार्यालयमा मानव बेचबिखन ब्यूरोकाे छापा


काठमाण्डु–काठमाडौंको अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले छापा मारेको छ ।

नक्कली कागजात बनाएर मानिसहरुलाई विदेश पठाउने गरेको सूचना पाएपछि बुधबार दिउँसो ब्यूरो छापा मार्न त्यहा पुगेकाे थियाे ।

प्रहरी टोलीले संघको कार्यालयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ । अनुसन्धानका लागि ती कागजात र कम्प्युटर बरामद गरेको ब्यूरोले जनाएको छ ।

संगीत उद्योग संघका पदाधिकारीको रोहबरमा छापा मारेको ब्यूरोका प्रमुख एसएसपी ओम रानाले जानकारी दिए ।