काठमाण्डु- जापानमा जारी एसियन गेम्स पुरुष क्रिकेटमा श्रीलंकासँगको क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको छ ।
पौने ६ बजेदेखि हुने भनिएको खेल वर्षाका कारण नहुने भएपछि नेपाली क्रिकेट टीम क्वाटरफाइनलबाटै बाहिरिएको हो ।
जापानको नागोयाको कोरोगी स्पोर्टस पार्कमा वर्षा भएपछि टस समेत हुन नपाएपछि वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा पुगेको छ ।
यसअघि नेपाल र जापानबीच शनिबार भएको समूहचरणको खेल पनि वर्षाले पूरा हुन पाएको थिएन ।
सेमिफाइनलमा श्रीलंका र भारत भिड्नेछन् ।
अन्तिम क्वाटरफाइनलमा आजै मलेसिया र बंगलादेशबीच खेल हुने तय छ ।




प्रतिक्रिया