झिनो अङ्कले बढ्यो नेप्से, कुन कम्पनीको कति कारोबार ?


काठमाडौं – धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भएको छ । सोमबार २६ अङ्कले घटेको बजारमा आज सामान्य सुधार देखिँदै नेप्से ३.३६ विन्दुले बढेर एक हजार ३२०.४७ मा समेटिएको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.९० ले बढेर २८४.४३ मा पुगेको छ । झिनो अङ्कले नेप्से उकालो लागे पनि कारोवार रकम भने करीब डेढ अर्ब नाघेको छ । स्टकका अनुसार कूल १८३ कम्पनीको ४४ लाख ५५ हजार ५४५ कित्ता शेयर रु एक अर्ब ५१ करोड ९९ लाख ७६ हजार ७६० मा कारोवार भयो ।

कारोबार भएका कूल १२ मध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४.६७, व्यापार ८.२, होटल २.३२, निर्जीवन बीमा ८१.१७, उत्पादन १९.२२, जीवन बीमा ६१.४७ ले वृद्धि हुँदा विकास बैंक १०.२७, जलविद्युत् ०.७६, वित्त ३.४८, अन्य ७.४४ लघुवित्त २.४ र सामूहिक लगानी कोष ०.१५ ले घटेको छ ।

स्टकका अनुसार कारोवार आधारमा हिमालन बैंक लिमिटेडको संस्थापक शेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २४ करोड ४६ लाख १७ हजार ३० बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै हिमालयन डिस्टिलरीको रु १० करोड ५२ लाख ६१ हजार ७५६, एनआइसी एशियाको रु नौ करोड ४६ लाख १२ हजार, नेपाल लाइफ इन्स्योरेन्सको रु ६ करोड २० लाख ६० हजार ९५६, शिवम् सिमेन्टस्को रु पाँच करोड ७० लाख १२ हजार ६१६, सूर्या लाइफ इन्स्योरेन्सको रु चार करोड ६२ लाख तीन हजार ८८९ र सानिमा बैंकको संस्थापक शेयर रु तीन करोड ९६ लाख बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यसैगरी गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ९.८२, ग्लोबल आइएमइ बैंक ९.७५, पाँचथर पावर कम्पनी ९.५२, स्पर्श लघुवित्त ५.९४, सामुदायिक लघुवित्त ५.९१, कालिका पावर ५.४९ र वेष्ट फाइनान्सका शेयरधनीले ४.९० प्रतिशतले कमाए ।

त्यस्तै एनआइसी एशिया ग्रोथ फण्ड ६.४८, आइसिएफसी फाइनान्स ६.०७, माहुली सामुदायिक लघुवित्त ५.९४, सिनर्जी पावर ५.६६, युनिभर्सल पावर ५.१२ र दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ५.०८ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement