एनएसलको तेस्रो संस्करणमा सात टोली खेल्ने

एनएसलको तेस्रो संस्करणमा सात टोली खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल सुपर लिग (एनएसल) को तेस्रो संस्करणमा सात टोलीले मात्रै खेल्ने भएका छन् ।

आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले अक्सनमा सहभागी हुने टोलीको सूची सार्वजनिक गरेको हो । उक्त सूचीमा दोस्रो संस्करण खेलेका दुई टोली वीरगन्ज युनाइटेड एफसी र स्पोर्टि्ङ इलाम डे मेची एफसी भने छैनन् ।

चैतमा हुने एनएसएलका लागि अक्सन अगामी १० गते शनिबार हुनेछ । पहिलो संस्करणमा सात टोलीले सहभागिता जनाएका थिए । तर, दोस्रो संस्करणमा भने विराटनगर सिटी एफसीले आफ्नो नाम फिर्ता लिएको थियो । यद्यपि, एनएसइएमले इलाम, वीरगन्ज र झापा एफसीलाई थप्दै नौ टोली पु¥याएको थियो ।

आफ्नो पहिलो संस्करणमा यी तीन टोली प्लेअफ पुग्न असफल रहे । यसपल्ट साबिक विजेता ललितपुर सिटी एफसीसँगै धनगढी एफसी, पोखरा थन्डर्स एफसी, काठमाडौं रेजर्स एफसी, झापा एफसी, एफसी चितवन र बुटवल लुम्बिनी एफसीले सहभागिता जनाउने आयोजकले जनाएको छ । गत सिजन धनगढीलाई ३–२ ले पराजित गर्दै ललितपुरले पहिलोपल्ट उपाधि जितेको थियो ।