युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल


काठमाण्डु – एसीसी प्रिमियरको फाइनल खेलमा यूएईविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ । टियु मैदानमा भएको टसमा नेपालले टस जितेर बलिङ रोजेको हो ।

नेपालले टिममा एक परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राख्दै उनको स्थानमा गुलसन झालाई प्लेइङ ११ मा ल्याइएको छ ।

नेपालको प्लेइङ-११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर) , कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुलसन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललितनारायण राजवंशी ।

प्रतिक्रिया दिनुहोस
Advertisement