नेपाल टेलिकमले फोरजी विस्तार गर्ने


काठमाडौं – नेपाल टेलिकमले फोरजी(एलटीई आयोजनाको थप विस्तार गर्न लागेको जनाएको छ । यसैगरी, मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटीटीएच सेवा विस्तार र गुणस्तर सुधार सम्बन्धमा विहीबार पत्रकार अन्तरक्रिया कार्यक्रम आयोजना गरी जानकारी गराएको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकमले आफ्नो व्यवसाय मात्र सञ्चालन नगरी सेवालाई समेत प्राथमिकता दिनुपर्ने दायित्व भएकाले नेपाली जनता बसोबास गरेका सबै स्थानमा सेवा उपलब्ध गराइरहेको बताए । उनले आगामी दिनमा समेत देशका जनताको शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा परिवर्तन ल्याउनका लागि कम्पनीले भूमिका खेल्ने बताउँदै छोटो अवधिमै फोरजी सेवालाई देशव्यापी रूपमा विस्तार गर्ने योजनाका साथ कम्पनी अगाडि बढेको पनि बताए ।

यस्तै, नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले देशभर सातै प्रदेशमा नेपाल टेलिकमले सेवा विस्तारको लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको भन्दै यस मध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएको बताइन् । नेटवर्क १ अन्तर्गत मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल अर्थात हालको प्रदेश २, ३, ५ र ६ तथा नेटवर्क २ अन्तर्गत पूर्वाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल अर्थात् हालको प्रदेश १, २, ४, ५ र ७ का विभिन्न स्थान पर्छन्, उनले जानकारी दिइन् ।

सम्झौता अनुसार १२ महिनामा कार्य सम्पन्न गर्नको लागि साइट सर्भेको काम शुरु भइसकेको भन्दै उनले कम्पनीले नेपालमै पहिलो पटक २०७३ पुस १७ ९२०१७ जनवरी १० मा काठमाडौं उपत्यका र पोखराबाट फोरजी सेवा सुरु गरेको पनि स्मरण गरिन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement