सर्तसहित पर्यटकलाई नेपाल प्रवेश गराउन सरकारसँग पर्यटन क्षेत्रका व्यवसायीहरुको माग


काठमाण्डु – कोरोना भाइरसको महामारीका कारण नेपालमा थला परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन सम्बद्ध संस्थाहरुले सरकारसँग माग गरेका छन् । आइतबार नेपाल पर्यटन बोर्ड तथा पर्यटन सम्बद्ध संस्घ संस्थाहरुले भिजिटर प्रोटोकल सम्बन्धमा बृहत छलफल गरेको थियो ।

नेपालमा नयाँ कोरोनाको संक्रमण देखिएसँगै पर्यटन क्षेत्रमा थप असर पर्ने आँकलन गर्दै सर्तसहित पर्यटकहरुका लागि केही खुकुलो बनाउनुपर्ने सुझाव सरकारलाई दिएको छ । उक्त बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पर्यटकहरुका लागि केही खुकुलो नियम बनाउन माग गर्दै १२ बुँदे सुझाव दिएको छ ।

बैठकले हवाई मार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट भिजा अन अराइभल सेवा सुचारु गर्नुपर्ने, हवाई मार्गबाट नेपाल भित्रिने यात्रुहरुको हकमा हवाई यात्रा प्रारम्भ हुने पहिलो प्रस्थानविन्दुबाट ९६ घण्टाको अवधिमा गरिएको कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य भएको हुनु पर्ने, तर पाँच वर्ष मुनिका बालबालिकाको हकमा यो नियम लागु नहुने सुझाव दिएको छ ।

‘भारतीय बाहेक अन्य मुलुकका यात्रुहरुले नेपाल आई पुनः कोरोनाको चेक गर्नुपर्ने र सो रिाृेर्ट नेगेटिभ आएको खण्डमा क्वारेन्टाइनमा बस्न नपर्ने । यात्रूहरुको स्वाव संकलन त्रिभूवन अन्तरास्ट्रिय विमानस्थलमा हुने र २४ घण्टा भित्र पिसिआर रिपोर्ट दिने व्यवस्था मिलाउने’, निर्णयमा भनिएको छ, ‘भारतीय नागरिकको हकमा ‘नेपाल भारत ट्राभल बुबल एग्रीमेन्ट अनुसार नियम अथावत रहने । भारतसँग जोडिएका सम्पूर्ण नाकाहरु खुल्ला गरि स्थलमार्गबाट निजि तथा पर्यटकीय सवारीसाधन लिएर नेपाल भित्रिने भारतीय तथा अन्य मुलुकका यात्रुहरुको लागि ९६ घण्टा अवधिमा गरिएको कोरोना नेगेटिभ रिपोर्ट भएको हुनुपर्ने ।’

त्यस्तै स्थलमार्गबाट निजि तथा पर्यटकीय सवारीसाधन लिएरभारतबाट नेपाल भित्रिने अन्य मुलुकका यात्रुहरुले नेपाल आई पुनः कोरोनाको चेक गर्नुपर्ने र सो रिपोर्ट नेगेटिभ आएको खण्डमा क्वारेन्टाइनमा बस्न नपर्ने भनिएको छ । यात्रूहरुको स्वाव संकलन नेपाल आएको नाकाबाट नै हुने र २४ घण्टा भित्र पिसिआर रिपोर्ट दिने व्यवस्था मिलाउन पनि सरकारसाग माग गरिएको छ ।

त्यस्तै कोरोनाको भ्याक्सिन लगाएका यात्रीहरुको हकमा भ्यासिनेसन सर्टिसिकेट उपलब्ध गरेको खण्डमा पिसिआर रिपोर्ट नचाहिने, कोरोनाको पुनः नेपालमा पिसिआर टेस्ट गर्न नपर्ने र क्वारेन्टाइनमा बस्न नपर्ने उल्लेख गरिएको छ ।

साथै नेपालका सम्पूर्ण पर्यटकीय गन्तब्य तथा सम्पूर्ण गतीबिधिहरु (होटेल, ट्रयावेल, ट्रेक्किंग, हाइकिंग, रेस्टुरेन्ट, स्पा, राफ्टिइंग, प्याराग्लइिड़िंग, होमस्टे, एडभेन्चर एक्टिभीटिज,पर्यटकीय सवारीसाधन, पार्टीप्यालेस, रात्रीकालिन लगायतका गतिविधिहरु) पूर्ण रुपमा तोकियाको मापदण्ड अपनाएर सुचारु गर्न पनि सरकारसँग माग गरिएको छ ।

‘पर्यटकको सुविधाका लागि नेपाल भित्र आवश्यकता महसुस गरेमा होटेल र अस्पतालले सहकार्य गरि प्रत्येक प्रदेशमा कोभिड केयर सेन्टर संचालन गर्न पनि सरकारलाई सुझाव दिइएको छ । नेपाल भित्रिने सम्पूर्ण यात्रुहरुको अनिवार्यरुपमा ट्राभल इन्सुरेन्स गरिएको हुनुपर्ने बैठकको निर्णयमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement