नेपालले पायो १२४ रनको लक्ष्य

नेपालले पायो १२४ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ। शारजहामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान १२३ रनमा अलआउट भएको हो।

अफगानिस्तान ३५.४ ओभरमै अलआउट भयो। अफगानिस्तानका महबुब खान र उजैरुल्लाह नियाजाइ शून्य रनमै आउट हुँदा फैजल शिनोजादाले ५२ रन जोडे। हम्जा खान ९, बर्कत इब्राहिम्जाइ १२, इजन बाराकजाइ १, नाजिफुल्लाह अमिरी १, नसीर खान १०, एएम गजनफार ११, खातिर स्टानिकजाइ १५ र नटआउट रहेका अब्दुल अजिजले ६ रन बनाए।

बलिङतर्फ नेपालका युनिश ठकुरी र सन्तोष यादवले समान ३ विकेट लिँदा हेमन्त धामी र अभिशेख तिवारीको नाममा समान २ विकेट रह्यो। नरेन साउदले भने विकेट लिन सकेनन्।