त्रिदेशीय टि-२० सिरिजः नेपालले टस जितेर फिल्डिङ रोज्यो


काठमाण्डु – त्रिदेशीय टि-२० सिरिजमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध पहिले बलिङ गर्ने भएको हाे ।

मुलपानी क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपाल युएईलाई हराउँदै त्रिकोणात्मक सिरिजमा सानदार सुरुवात गर्न चाहन्छ ।

विश्वकप टी–२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement