त्रिकोणात्मक टी-२० : नेपाल आज यूएईसँग खेल्दै


काठमाण्डु – त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज यूएईसँग खेल्दै छ । मूलपानी मैदानमा हुने खेलमा नेपाल र यूएईबीचको प्रतिस्पर्धा ११ बजे सुरु हुनेछ ।

श्रृंखलामा नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । नेपालले जारी सिरिजको पहिलो खेलमा यूएईविरुद्ध ७ विकेटको एकतर्फी जित निकालेको थियो । नेपालले दोस्रो खेलमा पनि लय कायम राख्दै हङकङलाई ६ विकेटले हरायो ।

त्रिकोणात्मक सिरिजको फाइनल शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने तालिका छ । त्यसपछि काठमाडौंमै टी–२० विश्वकप छनोट प्रतियोगिता सुरु हुनेछ । कार्तिक १३ गतेदेखि सुरु हुने छनोटको समूह ‘ए’ मा रहेको नेपालले ग्रुप स्टेजमा ओमान, मलेसिया र सिंगापुरसँग खेल्नेछ । यस्तै, समूह ‘बी’ मा यूएई, हङकङ, बहराइन र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement