त्रिदेशीय टी-२० सिरिज : आज नेपाल र युएईबीच फाइनल हुँदै


काठमाण्डु  – त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा आज शुक्रवार नेपालले यूएईसँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुनेछ ।

नेपालले हङकङ र यूएईलाई समान २/२ खेलमा हराएको थियो । यूएईले हङकङलाई १ खेलमा हराउँदै नेट रनरेटका कारण फाइनलमा पुगेको हो । नेपालले पछिल्लो खेलमा यूएईलाई ५ विकेटले हराएको थियो ।

आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement