नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. कार्की नियुक्त

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. कार्की नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वरिष्ठ चिकित्सक एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उप–कुलपति डा. अर्जुन कार्की नेपाल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन् ।

आइतबार नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले उनलाई उपकुलपति नियुक्त गरेको हो ।

नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा कार्की उपकुलपतिमा नियुक्त गरिएको हो ।

यस्तै , विश्वविद्यालयको रजिष्ट्रारमा सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ डा. सूर्यराज आचार्य नियुक्त भएका छन् ।