काठमाण्डु– एसियाली खेलकुद छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले चीनविरुद्ध सानदार जित निकालेको छ।
केहिबेर अघि सिंगापुरको सिंगापुर नेसनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले चीनलाई २२१ रनले हराएको हो ।
नेपालले दिएको ३ सय १४ रनको लक्ष्य पछ्याएको चीन ४ बलअगावै ९२ रनमा समेटियो।
चिनका सेनजियान झेङले सर्वाधिक ३१ रन जोडे भने डु जिनहाओले १७ र कप्तान टियान सेनक्वुनले १२ रन बनाए।
नेपालका कुशल मल्लले ३ विकेट, सोमपाल कामी र सन्दीप लामिछानेले २र२ र नन्दन यादवले १ विकेट लिए ।
त्यसअघि चीनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ३ सय १३ रनको योगफल तयार पार्यो ।
नेपालका कुशल भुर्तेलले ४३ बलमा १२९ रनको विस्फोटक इनिङ्स खेले। उनले नवौँ ओभरमा प्रत्येक बलमा ६ छक्का प्रहार गर्दै यसअघि दिपेन्द्रसिंह ऐरीको नाममा रहेको रेकर्ड पनि बराबरी गरेका छन्। ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो दोस्रो शतक हो ।
योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा दुई शतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेका छन् । कुशलले यही खेलमार्फत टी–२० अन्तर्राष्ट्रियमा दुई हजार रन पनि पूरा गरेका छन् ।
यो उपलब्धि हासिल गर्ने उनी दोस्रा नेपाली ब्याटर हुन् । नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघि नै टी–२० अन्तर्राष्ट्रियमा दुई हजार १८० पूरा गरिसकेका छन् ।
त्यस्तै कुशल मल्लले अविजित ८५ र रोहित पौडेलले ६९ रनको अर्धसकतीय पारी खेले। मल्लले ४७ बलमा आठ चौका र पाँच छक्का प्रहार गरे ।
पौडेलले २१ बलमा सात छक्का र पाँच चौका प्रहार गरे । आसिफ शेखले ११ रन जोडे ।
मल्लले दोस्रो विकेटका निम्ति भुर्तेलसँग १७५ तथा तेस्रो विकेटका लागि पौडेलेसँग अविजित ११६ रनको साझेदारी गरेका थिए ।




प्रतिक्रिया