खेलकुद

नेपाल इरानसंग भिड्दै : जिते फाइनलमा पुग्ने सम्भावना

काठमाडौँ– भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ । जारी प्रतियोगितामा नेपालले एक खेलमा पराजित हुनुका साथै एक खेलमा जित हासिल गर्दै अंकतालिकामा तीन अङ्क जोडेको छ ।

Dish Home

भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । आजको खेल जितेमा नेपाल फाईनलमा पुग्नेछ भने पराजित भएको खण्डमा अर्को खेलको नतिजा कुर्नुपर्नेछ ।

यो खेल बराबरी खेलेमा वा म्यानमारले भारतलाई हराएमा वा भारतले थोरै गोलअन्तरमा म्यानमारलाई हराएमा नेपाल फाइनल पुग्ने सम्भावना बढी हुन्छ ।

यस्तै म्यानमारले भारतलाई हराएर सानो गोलअन्तरका आधारमा इरानसँग हारेमा पनि नेपाल फाइनल पुग्न सक्छ । चार टोली आयोजक भारत, इरान, नेपाल र म्यान्मार सहभागी प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।

दुई चरणका खेल समाप्त हुँदासम्म म्यान्मार दुवै खेल जित्दै छ अङ्कसहित शीर्षस्थानमा छ भने नेपाल तीन अङ्कसहित दोस्रो र भारत पनि समान तीन अङ्कसहित तेस्रो स्थानमा छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top