नेपाल ए र आयरल्याण्ड वुल्भ्सबीचको टी-२० सिरिजको खेल आज हुने


काठमाण्डु – नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको टी-२० शृंखलाको पहिलो खेल आज हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबारको खेल रद्द गर्दै पुनः खेलतालिका सार्वजनिक गरेको थियो। आजको खेलपनि त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजेदेखि सुरू हुने क्यानले जनाएको छ।

नेपालको ‘ए’ टिमले आयरल्याण्ड वुल्भ्सविरूद्ध टी-२० पछि एकदिवसीय सिरिज पनि खेल्नेछ। नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग आज पहिलो ३० मार्चमा दोस्रो र अप्रिल १ मा तेस्रो टी-२० खेल खेल्ने छ। त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement