नेपालले ओमानविरुद्ध पहिले फिल्डिङ गर्दै, आजको प्लेइङ-११ मा ललित परेनन्

नेपालले ओमानविरुद्ध पहिले फिल्डिङ गर्दै, आजको प्लेइङ-११ मा ललित परेनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आईसीसी विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपालले ओमानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा ओमानका कप्तान जतिन्दर सिंहले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो ।

लिगको २१ मध्ये ६ खेलमा जित निकालेको नेपाली टोली १४ अंकमा तालिकाको सातौँ स्थानमा छ भने लिग २ मा २५ खेल खेलेको ओमान २९ अंकमा तालिकाको तेस्रो स्थानमा छ। ओमानले १३ खेलमा जित निकालेको छ ।

नेपाली टोलीमा आज एक खेलाडी परिवर्तन भएका छन् । आज ललित राजवंशीको स्थानमा गुल्सन झा प्लेइङ ११ मा आएका छन् ।

प्लेइङ–११
कुशल भुर्तेल, आशिफ शेख, भिम सार्की, रोहित पौडेल, बसिर अहमद, दिपेन्द्र सिंह ऐरि, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, गुल्सन झा