युएईलाई नेपालले दियो १२० रनको लक्ष्य


काठमाण्डु – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएइलाई १२० रनको लक्ष्य दिएको छ।ओमानमा जारी प्रतियोगितामा नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११९ रन बनाएको हो ।

नेपालको इनिङ सुरुदेखि नै राम्रो हुन सकेन । पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको नेपालले लगातार विकेट गुमाउँदै जाँदा उच्च स्कोर बनाउन सकेन ।

नेपालका लागि सन्दिप जोराले अर्धशतक बनाए । उनले ४० बलमा ५० रनको इनिङ खेले । गुलशन झाले २० र करण केसीले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

युएइका लागि जुनैद सिद्दिक, बसिल हमीद र अली नासरले २-२ विकेट लिए । ओमिद साफी रहमान, आयन अफजल खान र मुहम्मद फारुकले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement