आईसीसी विश्वकप लिग–२ : नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य

आईसीसी विश्वकप लिग–२ : नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले यूएईलाई २०१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले ४८.२ ओभरमा २०० रन जाेड्दै अलआउट भयो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धसतक हाने । उनले ९० बलमा ७५ रन जोडे । यस्तै बसिर अहमदले २० कुशल भुर्तेलले २४, भीम सार्कीले १०, आसिफ शेखले ७, आरिफ शेखले १५, सोमपाल कामीले १५ रन जाेडे ।

यूएईका लागि भने जुनैद सिद्दिकी ३, खुजैमा बिन तन्वीर, अजय कुमार र हैदर अलिले समान एक एक विकेट लिए ।

यूएईले केहीबेरमा जवाफी व्याटीङ गर्ने छ ।