नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको चौथो खेल आज


काठमाण्डु – वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको ट्वान्टी–२० शृंखलाको चौथो खेल आज हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।

सिरिजमा अहिलेसम्म वेस्ट इन्डिज ए २-१ ले अगाडी रहेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो ।

नेपालले सिरिजको पाँचौं तथा अन्तिम खेल मे ४ मा हुने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement