विश्वकप छनोट: नेपाल आज बेष्ट इन्डिजसँग भिडदै


काठमाण्डु – नेपालले पहिलो पटक विश्वकप क्रिकेट बिजेतासँग आज क्रिकेट खेल्दैछ । आइसिसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।

सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः ४५ बजेवाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्योहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो ।

ओडिआई वरियतामा नेपाल १४ औं र वेस्टइन्डिज १० औं स्थानमा छन् । आजको प्रतिस्पर्धा नेपालका लागि निकै ठुलो अवसर भएको जनाउँदै क्रिकेट समिक्षकहरुले नेपालले गौरब गर्नु पर्ने टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement