यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा प्रवेश 


काठमाण्डु – नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा यूएईविरुद्ध नेपालले कीर्तिमानी जित निकालेसँगै नेपाल विश्वकप छनोटमा सिधै स्थान बनाएको हो ।

३११ रनकाे लक्ष्य पछ्याएकाे नेपालले ६ विकेटकाे क्षतिमा ४४ ओभरमा २६९ रन बनाउँदा खराब प्रकाशका कारण खेल राेकिएपछि नेपाल डीएल नियमअनुसार विजयी भएकाे हाे ।

यसअघि टस जितेर ब्याटिङ थालेको यूएईले ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको थियो । यूएईका लागि आसिफ खानले विस्फोटक शतक प्रहार गरे । उनले ४२ बलमा ४ चौका र ११ छक्काको मद्धतमा १०१ रनको योगदान गरे । भृत्य अरविन्द र कप्तान मोहम्मद वासिमले पनि उत्कृष्ट प्रदर्शन गरे । अरविन्दले १३८ बलमा ८ चौका र २ छक्काको मद्धतमा ९४ रन बनाउँदा वासिमले ४९ बलमा २ चौका र ६ छक्काको मद्धतमा ६३ रन प्रहार गरे ।

ओपनर आर्यन लाक्राले ६ रन, सीपी रिजवानले ७ रन, आयान अफजल खानले ३ रन, रोहन मुस्तफाले २० रनले रन बनाए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिएका छन् । सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेको नाममा एक/एक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस
Advertisement