क्यानडालाई हराउँदै नेपाल वर्ल्ड कप क्वालिफायरमा छनोट


काठमाडौं– विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले क्यानडाविरुद्ध १ विकेटको रोमाञ्चक जीत हात पारेको छ।

क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले अन्तिम बलमा १ विकेट बाँकी छदै भेटाएको हो। यो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा पुग्दै सन् २०१८ को विश्वकप छनोट खेल्ने भएको छ।

१ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले १ सय ४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो। तर, नेपालको जीतमा करण केसी नायक बने। ३१ बलको सामना गरेका उनले ३ चौका र चार छक्को मदतमा नटआउट ४२ रन बनाए।

अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएकोमा क्रिजमा करण थिए ।

लगातार चार बल रन जोड्न नसकेका उनले पाँचौं बल छक्का हाने। अर्को बल बाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो। अन्तिम बलमा मात्र एक रन चाहिकोमा करणले पुरा गरे।

नेपालका दीलिप नाथले ४१, रोहितकुमार पौडेलले २७, आरिफ शेखले २६ र दिपेन्द्रसिंह ऐरीले १८ रन बनाए।

क्यानडाका लागि सेसिल पेर्भेजले ३, एन दत्ताले २ विकेट लिँदा साद विन जाफरको नाममा पनि २ विकेट रह्यो।

नेपाललाई १ सय ९५ रनको चुनौती दिने दिने क्रममा क्यानडाका श्रीमान्था विजेरत्नेले शतक प्रहार गरेपनि हार टार्न सकेनन्।

नेपालका लागि वसन्त रेग्मीले ४ विकेट लिए भने सन्दीप लामिछानेले २ तथा करन केसी र शरद भेषवाकरले १–१ विकेट लिए।
अब नेपाल र युएईबीच उपाधिका लागि फाइनल खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement