विश्वकप छनोट खेलः नेपाल पाँच विकेटले विजयी


काठमाडौं–आईसीसी एकदिवसीय विश्व लिग छनोट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो अभ्यास खेलमा नेपालले युएईलाई पराजित गरेको छ । वर्षाका कारण २९ ओभरमा छोट्याइएको खेलमा नेपालले युएइलाई ५ विकेटले पराजित गरेको हो।

जिम्बाबेमा भएको खेलमा १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४१ रन, पारस खडका २८, अनिलकुमार शाह ११, ज्ञानेन्द्र मल्लले १२, दिलिप नाथ ४ रनको योगदान गरे।

नट आउट रहेका शरद भेषावकरले ४१ र आरिफ शेखले २३ रन बनाउँदा बलिङ तर्फ नेपालका ललित भण्डारीले सर्वाधिक चार विकेट लिएका थिए। करण केसीले ३, ललित राजवंशीले २ र पारस खड्काले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा उत्रिएको युएर्इले २९ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो।

नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन टूमा बिजेता बनेको युएई र दोश्रो भएको नेपाल विश्वकपको छनौट खेल्न जिम्बाबे पुगेका हुन्।

नेपालले २० गते घरेलु टोली जिम्बावेसँग, २४ गते स्कटल्याण्डसँग, २६ गते अफगानिस्तानसँग र लिग चरणको अन्तिम खेल २८ गते हङकङसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement