एसिया कप छनोटमा नेपालको पहिलो जित


काठमाडाैं–मेलेसियालाई हराउँदै नेपालले एसिया कप छनोट क्रिकेटमा पहिलो जित हात पारेको छ।

१८९ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेलेसियाले ९ विकेटको नोक्सानीमा १६९ रन बनाएपछि नेपाल १९ रनले विजयी भएको हो । लगातार दुई खेलमा पराजित भएको नेपाल आज तेस्रो खेलमा पहिलो जित आत्मसाथ गर्न सफल भएको हो।

नेपालका लागि बसन्त रेग्मीले ३, सन्दीप लामिछाने र सोमपाल कामीले समान २–२ विकेट लिए ।  दिपेन्द्रसिंह ऐरीले र सागर पुनले एक रएक विकेट लिए। व्याटिङ तर्फ आरिफ शेख र दिपेन्द्रसिंह ऐरीले महत्वपूर्ण भूमिका खेलेका थिए।

५१ बलमा ५४ रन बनाएर दिपन्द्र आउट भएपनि आरिफ शेख भने ४८ बलमा ६४ रन बनाएर नटआउट रहे। उनले दुई छक्का र पाँच चौका प्रहार गरे। नटआउट रहेका बसन्त रेग्मीले सात बलमा ६ रन जोडे।

नेपालका लागि अनिलकुमार शाहले १६, सुवास खकुरेलले ९, पारस खड्काले १३, ज्ञानेन्द्र मल्लले ११ र सागर पुन र सोमपाल कामी खाता खोल्न सकेनन्।

३० ओभरमा छोट्याइएको खेलमा नपाले निर्धारित समयमा सात विकेट गुमाएर १८९ रनको चुनौति पस्केको थियो। जसमा पूरा तीस ओभर खेल्दा पनि मलेसियाले भेटाउन नसकेपछि नेपाल विजयी भएको हो।

नेपाललाई अबका सबै खेलको जिते पनि एसिया कप छनोटका लागि अरु टिमको नतिजा कुर्नुपर्ने हुन्छ। मलेसियाको लागि दुई खेलाडीले समान ३र३ विकेट लिए।

प्रतिक्रिया दिनुहोस
Advertisement